टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउने

साँकेतिक /तस्विर

एजेन्सी । भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्नेभएको छ। समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री राजीव चन्द्रशेखरले शुक्रबार बताएका हुन्।

विस्ट्रोन कर्पोरेसनले दक्षिण भारतमा रहेको एक प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा इन्डिया पहिलो स्वदेशी आइफोन निर्माता बन्न लागेको हो। प्लान्ट स्रोतले गराएको जानकारी अनुसार, कारोबार मूल्य अनुमानित १२ करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ।

चन्द्रशेखरले भने, “टाटा समूहले भारतबाट घरेलु र वैश्विक बजारका लागि भारतबाट आईफोन बनाउन सुरु गर्नेछ।”

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.