नाइजेरियामा डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता

एजेन्सी । नाइजेरियाको उत्तरी राज्य केबी नदीमा यात्रुबाहक डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन्। केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुंगा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई जानकारी दिए।

मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ। उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा डुंगाले मुसलधारे वर्षाको सामना गर्नुपरेको थियो ।

नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख सालिहु गरबाले राज्यको राजधानी मिन्नामा पत्रकारलाई स्थानीय अधिकारी र आपतकालीन सेवाले हराइरहेका यात्रुको खोजी र उद्धार सेवा शुरु गरेको बताए। स्थानीय गोताखोरलाई डुंगामा सवार बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि परिचालन गरिएको गरबाले जनाएको छ। पश्चिम अफ्रिकी मुलुकमा डुंगामा रहने अत्यधिक भार र खराब मौसम कारण डुंगा दुर्घटना हुने गरेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.