अनिल गुप्ता । बारा । बारा जिल्लाको पचरौता नगरपालिका वडा- ६ पकडिया गाउँ को लछमिनिया पोखरीको डिल्लमा आज साझँ अन्दाजी ७ः १५ को समयमा एक युवकको गोली हानी हत्या भएको हो ।
भारत बाट दुई वटा मोटरसाइकल मा सवार भइ आएका हतियार धारी युवाहरुको समूहले भारत को दरपा थाना अन्तर्रागत सुकलैया का २५ वर्ष को अजित कुमार सिंहको हत्या भएको छ ।
प्रहरी निरीक्षक रबि भुषण यादव का अनुसार नेपाल, भारत सिमावर्ती ठाउँमा ति युवकको हत्या भएको थियो! हत्या भएको युवकसँग संगै आएका ४-५ जनाको समुहमा आएका हतियार धारी ले अजित कुमार सिंहको कनचट र घाटीमा गोलि हानि उक्त समुहले फेरी भारत तर्फ भागन सफल भएको स्थानीय ले बताएका छन ।
घट्ना स्थाल तिर तालिम प्राप्त कुकुर ल्याइ घट्ना बारे गहिरो अनुसंधान भइरहेको सिम्रौनगढ इलाका प्रहरी कार्यालय का कार्यालय प्रहरी निरीक्षक रबि भुषण यादव ले जानकारी गराएका छन् ।