भारतको महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीनजना बालबालिका छन्। शनिबार बिहान भएको उक्त घटनामा परी सात जना घाइते भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। उक्त बसमा ३३ यात्रु सवार थिए।

गुडिरहेको बसमा टायर पड्किएपछि खम्बामा ठोकिएको बसमा डिजेल ट्यांकी फुटेर आगो लागेको हो। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताएका समाचारमा उल्लेख छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.