काठमाडौंको गोकर्णेश्वरमा महिलामाथि खुकुरी गर्ने कर्णबहादुर तामाङ  पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका -७ स्थित शिव चोकमा एक महिलामाथि खुकुरी  प्रहार भएको छ।

गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई  पक्राउ गरेको छ। आफूमाथि के कारणले हतियार प्रहार गरियो भन्नेबारे अनविज्ञ रहेको उनले प्रहरीलाई  बताएकी छन्।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर खुकुरी  प्रहार गरेको खुलेको छ। अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.