एजेन्सी । भारतको कश्मीरको एक पर्यटकीय क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा २७ जना हिन्दू नागरिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनामा संलग्न भएको आशंका गरिएका ३ देखि ४ जना सशस्त्र आक्रमणकारीहरूले पर्यटकहरूको भीडमाथि करिब १० मिनेटसम्म अन्धाधुन्ध गो ली प्रहार गरेका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले मानिसहरूको नाम र धर्म सोधी लक्ष्य बनाएको बताइएको छ।
प्रारम्भिक रिपोर्टहरू अनुसार आक्रमणकारीहरू मुस्लिम चरमपन्थी समूहसँग सम्बन्धित रहेको आशंका गरिएको छ।