पर्सामा १३ किलो लागु औषध अफिम सहित एक जना युवक पक्राउ

वीरगञ्ज । पर्सामा १३ किलो लागु औषध अफिम सहित एक जना युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा – ६ भौराटार बस्ने वर्ष ३३ को अमेरिका प्रसाद साह गोढ रहेका छन ।
उनको घरमा लागु औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा सोमबार अन्दाजी ५ः३० बजेको समयमा खानतलासी गर्दा अमेरिका प्रसाद साह गोढको एक तल्ले पकी घरको दक्षिण तर्फको कोठामा सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ १३ किलो र लागु औषध अफिम जस्तो देखिने पदार्थ स्टिलको कचौरामा प्लाष्टिकले छोपी राखिएको स्टिलको दुई वटा कचौरा सहित २५० ग्राम फेला परेकोमा कचौरा र प्लाष्टिक बाहेक लागु औषध अफिम जस्तो देखिने कालो पदार्थ ४४.२६ ग्राम र अर्को कचौरा र प्लाष्टिक बाहेक लागु औषध अफिम जस्तो देखिने खैरो पदार्थ २७.५४ ग्राम गरी जम्मा ७१.८० ग्राम फेला परेको हुँदा बरामद लागु औषध सहित अमेरिका प्रसाद साह गोढलाई नियन्त्रणमा राखी उनी विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन–५ ( पाँच ) म्याद थप अनुमति लिइ
थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.