बालिकलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ

बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा पक्राउ

पर्सा । बालिकालाई तथा युवतीलाई जबर्जस्ति बेश्याबृद्धीमा लगाउने अभियोगमा एक जना महिला पक्राउ परेकी छन ।
पक्राउ पर्नेमा

नुवाकोट तादी गाउँपालिका ३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामे रहेकी छन।
उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.