पर्सा । सर्लाहीमा करिब ७४ लाख बराबरको फोन बरामद भएको छ ।
सर्लाही प्रहरीले उक्तफोन बरामद गरेको हो । सर्लाहीको बागमती नगरपालिका -१२ स्थित चेकपोष्टमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्नेक्रममा गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३-०१ ख ३३८८ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा फोन बरामद भएका प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीले करिब ७४ लाख बराबरको फोन बरामद गरेको छ। जिल्लाको बागमती नगरपालिका १२ स्थित चेक पोष्टमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३-०१ ख ३३८८ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा फोन बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार अनुसार बसको पछाडि डिक्कीमा भ्याट बिल नभएको ११ बोरा फोन बरामद गरिएको छ ।
७३ लाख ८४ हजार ४०८ मूल्य बराबरको ५५० पिस मोबाईल आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।