एजेन्सी । पर्सा । अफगानिस्तानमा यस वर्ष अफिमको खेती एक तिहाइले बढेको संयुक्त राष्ट्र संघको लागूऔषध तथा अपराध कार्यालय (युएनओडीसी) को नयाँ प्रतिवेदनले देखाएको छ ।
यूएनओडीसीले अफिम खेतीमा तालिवानको प्रतिबन्धको बाबजुद पनि मूल्य बढेको बताएको छ, अफिम बिक्रीबाट किसानहरूले गरेको आम्दानी २०२१ मा ४४२५ मिलियन डलरबाट २०२२ मा १.४ बिलियन डलरमा तीन गुणाले बढेको विविसीले जनाएको छ ।
डा एन्जेला मे युएनओडीसीको रिसर्च एण्ड ट्रेन्ड एनालिसिस युनिटकी प्रमुख हुन् । उनले न्युजडेलाई भनिन्, “यो किसानले कमाएको आम्दानी मात्र हो, अफगानिस्तानबाट युरोप जाने बाटोमा किसानहरूबाट अफिम लिने तस्करहरूले ठूलो नाफा कमाउनेछन्।“