भर्खरै मात्र भारतको लोकसभा सदस्यमा निर्वाचित कंगना रनावत माथी एक महिला प्रहरीले थप्पड हानिन

पर्सा। भर्खरै मात्र भारतको लोकसभा सदस्यमा निर्वाचित भएकी बलिउड नायिका कंगना रनावतमाथि एक महिला प्रहरी जवानले थप्पड हानेकी छन् । चण्डीगढबाट दिल्लीतर्फ उडान भर्ने क्रममा रहेका बेला उनीमाथि सिआइएफएसकी महिला जवानले थप्पड हानेकी हुन् ।

भारतीय समाचार एजेन्सीहरूका अनुसार किसान आन्दोलनको बेला कंगनाको रवैया किसानविरोधी रहेको भन्दै उनीमाथि थप्पड प्रहार भएको हाे । उनी विमानस्थलका उडान पर्खिरहेका बेला महिला जवान आएर उनकाे गालामा थप्पड हानेकी हुन् ।

कंगनाले सुरक्षा जाँचका क्रममा आफूमाथि ती महिला जवानले थप्पड हानेको उल्लेख गरेकी छन् । कंगनाले स्थानीय प्रहरीमा लिखित जाहेरी दिएपछि सिआइएफएसकी महिला जवानलाई हिरासतमा लिइएको छ । ​कंगना हालै सम्पन्न निर्वाचनमा भाजपाका तर्फबाट सांसद निर्वाचित भएकी थिइन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.