भारतीय प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा

पर्सा । भारतीय प्रधानमन्त्री मोदीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिमण्डलले १७औँ लोकसभा भंग गर्ने सिफारिस गरेसँगै उनले पनि पदबाट राजीनामा गरेका हुन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवाद गरेर राजीनामापत्र बुझाएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो पनि राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीकाे राजीनामा स्वीकार गर्दै राष्ट्रपतिले नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरेकी छिन् ।

मंगलबारसम्म लोकसभाका ५४३ सिटमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले २९२ अर्थात् लोकसभाकाे बहुमत प्राप्त गरेकाे छ । उक्त नतिजाअनुसार मोदी पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने प्रबल सम्भावना छ ।

एनडिए गठबन्धनले पाएकाे २९२ सिटमध्ये माेदीसम्बद्ध भारतीय जनता पार्टीले २४० सिट जितेकाे छ । एउटै दलकाे बहुमत नभएकाले गठबन्धनमा रहेका दलले धाेका दिएमा माेदी प्रधानमन्त्री बन्न पाउने छैनन् ।

सरकार गठनका लागि २७२ सिट चाहिने भएकाले भाजपाका लागि एक्लै सरकार बनाउन ३२ अपुग छ । त्यसकार सरकार गठनका लागि उनले एनडिए गठबन्धनका अन्य दलसँग सहयोग लिनुपर्छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.