एजेन्सी । पर्सा ।तिहारका अवसरमा एक दुर्लभ घटना भएको छ । भारत, झारखण्डको राजधानी राँचीमा दीपावली(तिहार)को रातमा एउटा बसमा आगलागी भएको हो ।दुर्घटनामा बसका सहचालक र चालकको मृत्यु भएको छ । दीपावलीको अवसरमा दुवैजना बसभित्र दीप प्रज्वलन, पूजापाठ गरी खाना खाएर सुतेका थिए ।
दीपबाट सल्केर बसमा आगलागी भयो, हेर्दाहेर्दै बस पुरै जलेको थियो । आगो यति छिटो फैलियो कि चालक र सहचालकले बाहिर निस्केर आफ्नो ज्यान बचाउने मौका पनि पाएनन् ।पूजाको लागि दियो प्रज्वलनआजतकको रिपोर्ट अनुसार घटना राँची तल्लो बजार प्रहरी चौकी क्षेत्रको खडगर्हा बस पार्कको हो । दैनिकजस्तै बस यात्रुलाई छोडेर आफ्नो पार्कमा रोकिएको थियो ।
भोलिपल्ट बिहान बस फेरि छुट्नुपर्ने थियो । जसकारण चालक र सहचालकले राति नै गाडीभित्रै दीपावलीको पूजा गरे । आरतीपछि दुवैजनाले भगवानको मुर्ति अगाडि दीप प्रज्वलन गरेका थिए । त्यसपछि दुवैले खाना खाए र केही बेर बसभित्र सुते ।
यसैबीच बसमा राखिएको दीपको ज्वालाका कारण आगलागी हुँदा केही मिनेटमै पूरै बस जल्यो । त्यस दुर्घटनामा चालक र सहचालकले भाग्ने मौका पनि पाएनन्, दुबैको मृत्यु भयो ।
आगलागीको खबर पाएर दमकलको टोली घटनास्थलमा पुगेपनि त्यतिन्जेल बस जलेर नष्ट भैसकेको थियो । घटनाको जानकारी पाएपछि प्रहरी पनि घटनास्थल पुगेको थियो । दुवैको शव आधा जलेको अवस्थामा बस भित्रबाट निकालियो । प्रहरीका अनुसार दुवै शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।