१० हजार ९०४ मा कोरोना परीक्षण गर्दा २२९७ लाई संक्रमण, निको भए ३१३०

७ असार, काठमाडौं । सोमबार थप  २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनाबाट निको भएका छन्। त्यस्तै, ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.