जाजरकोटमा च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी

काठमाडौं । जाजरकोटमा च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी परेका छन् । नलगाड नगरपालिका ४ पिपलचौरस्थित मागबहादुर सिंहका तीन जना छोराछोरा विषालु च्याउ खाएर बिरामी परेका हुन् ।

सालघारी जङ्गलबाट ल्याएका विषालु च्याउ खाएर नलगाड नगरपालिका ४ पिपलचौरका मगबहादुर सिहकी १२ वर्षीया छोरी कौशिला सिह, ६ वर्षीया छोरा झलक सिंह, ३ वर्षीया छोरी दिपा सिह बिरामी परेका हुन्।

नलगाड नगरपालिका ४ का वडाअध्यक्ष बद्रीबहादुर पन्तका अनुसार सालघारी जंङ्गलबाट च्याउ ल्याए खाएपछि बिरामी परेका तीन बालबालिकाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको बताए ।

नलगाड नगरपालिकास्थित नगर अस्पतालका डाक्टर नविन ध्यारले बर्साको समयमा उम्रेका च्याउ विषालु हुने भएकाले जथाभावी नखाना सुझाव दिए । उनका अनुसार च्याउ खाएर विरामी परेका बालबालिकालाई उपचारपछि सुधार भइरहेको डाक्टर ध्यारले बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.