स्कुल बसको ठक्करबाट सुनसरीमा ७५ वर्षीया वृद्धाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–४ स्थित मेहता टोलको भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट एक ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको बर्जु लेक आइडियल इङ्लिस स्कुलको को १ ख ३३९१ नम्बरको बसले बाटोको छेउमा बसिरहेकी स्थानीय ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो।

​बसको ठक्करबाट गम्भीर घाइते भएकी मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात् प्रहरीले बस र चालक बर्जु गाउँपालिका–६ बस्ने २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.