पर्सा । राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने,जुता, खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने, पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने
सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने, सधै झुल टाँगेर सुत्ने
सर्पले टोकिहाले के गर्ने?
डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने र सर्पले टोकेको ठाउंमा काट्ने चुस्ने, बाँध्ने नगर्ने, विरामीको आत्मविश्वास कायम राख्ने, धामी झांक्रीतिर नलाग्ने, जति सक्दो चांडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने