शेख हसिनाले आज पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिने

एजेन्सी । बंगलादेशको आम निर्वाचनमा अवामी लिग पार्टीको जितपछि शेख हसिनाले आज पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिने भएकी छन्। हिजो ३६ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको हसिना नेतृत्वको अवामी लिग सरकारको आज सपथको कार्यक्रम रहेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, हालका १४ मन्त्रीले नयाँ मन्त्रिपरिषद्मा स्थान पाएका छैनन्। जसमा परराष्ट्रमन्त्री एके अब्दुल मोमेन, परराष्ट्र राज्यमन्त्री शहरयार आलम, अर्थमन्त्री एएचएम मुस्तफा कमल, योजनामन्त्री अब्दुल मन्नान, कृषिमन्त्री अब्दुर रज्जाक र वाणिज्यमन्त्री टिपु मुन्शीजस्ता नाम सामेल छन्।

बंगलादेशका क्याबिनेट सचिव महबूब हुसेनले बिहीबार नयाँ मन्त्रिपरिषद्को सपथ ग्रहण गर्ने, जसमा ३६ सदस्य रहने जानकारी दिए। जसमा २५ क्याबिनेट मन्त्री र ११ राज्यमन्त्री रहनेछन्। उनले यसपटक मन्त्रिपरिषद्मा दुई जना प्राविधिक मन्त्री रहने बताए।

शेख हसिनाको नयाँ मन्त्रिपरिषद्मा १४ नयाँ अनुहारलाई क्याबिनेट मन्त्री र ७ जनालाई राज्यमन्त्री नियुक्त गरिएको छ। नयाँ अनुहारमध्ये बंगलादेशका प्रथम प्रधानमन्त्री ताजुद्दीन अहमदकी छोरी सिमिन हुसेन रिमी राज्यमन्त्रीको सूचीमा परेकि छन्।

बंगलादेशमा आइतबार मतदान भएको थियो। प्रधानमन्त्री हसिनाको नेतृत्वमा रहेको सत्तारुढ अवामी लिग पार्टीले २२२ लोकसभा सिट जितेर लगातार चौथो पटक सत्ता हात पारेको छ। जबकि, जातीय पार्टीले ११ सिट वर्कर्स पार्टी, राष्ट्रिय समाजतान्त्रिक दल र बंगलादेश कल्याण पार्टीले एक–एक सिट जितेका छन् भने स्वतन्त्र उम्मेदवारले ६१ सिट जितेका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.