वीरगञ्ज । वीरगञ्जमा लागु औषध १ ग्राम खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा -१७ शारदानगर बस्ने बर्ष २४ की सुनिता वि.क र सोही ठेगाना भएका वर्ष २४ का अमित गुरुङ रहेका छन ।
सोमबार अन्दाजी ३ ः३० बजेको समयमा भारतबाट नेपालतर्फ आवत जावत गर्ने सवारी साधन सहित यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा वीरगञ्ज वडा-१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा प्रहरीले चेक जाँच गर्दा लुकाई छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुईजनालाई नियन्त्रमा राखी लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।