विवाह समारोहमा भएको आगलागी हुदाँ १०० जनाको मृत्यु, १५० जना घाइते

एजेन्सी । उत्तरी इराकमा एक विवाह समारोहमा भएको आगलागीमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै १५० जना घाइते भएका इराकी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मारिनेमा दुलहा र दुलही पनि रहेका छन् । यो दुर्घटना इराकको उत्तरी निनेवेह प्रान्तको अल-हमदानिया जिल्लामा मंगलबार साँझ भएको हो।

आगलागीको कारण अझै खुल्न नसकेको तर पटाका जलाएपछि आगलागी भएको प्रारम्भिक रिपोर्टमा बताइएको छ ।

इराकी समाचार एजेन्सी नीनाले दुर्घटनाको तस्बिर सेयर गरेको छ जसमा अग्निनियन्त्रकहरू आगो निभाउने क्रममा देखिएका छन्। स्थानीय पत्रकारहरूले पनि कार्यक्रम हलको जलेको अवशेषको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

इराकको सिभिल डिफेन्स डाइरेक्टरेटका अधिकारीहरुले कार्यक्रम हल निर्माणमा प्रयोग हुने सस्तो उत्पादनका कारण आगो तीव्र गतिमा फैलिएको बताएका छन् ।

‘अत्यधिक ज्वलनशील, कम लागतको निर्माण सामग्रीको प्रयोगका कारण आगलागी हुँदा हलका केही भागहरू केही मिनेटमै भत्किएको छ,’ एक अधिकारीले समाचार एजेन्सी नीनालाई बताए।

स्थानीय समय अनुसार राति करिब १०:४५ बजे उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्, त्यतिबेला सयौं मानिस हलमा  थिए ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.