वीरगञ्ज । वीरगञ्ज महानगर भित्र रहेका निजि विद्यायलहरुको वर्गीकरणको विषयलाई लिएर विगतका केहीदिन यता विवाद बढदै गएको छ ।
अभिभावक संघर्ष समितीले निजी स्कुलले मनोमानी लिएको शुल्कको विरोध गरे पछी वीरगञ्ज महानगरपालिकालाई समस्या समाधन गर्न वर्गीकरण गर्ने बताए पनि हाल सम्म उपलब्धी देखीएको छैन ।
यता महानगरले पटक पटक पत्रकाटेको दावी गर्दै आएको छ । तर पनि महानगरको अदेशलाई वेवास्त गर्दै निजी विद्यालयहरुले विद्यार्थीको आभिभावक संग मनोमानी रकम असुल गर्दै आएको छन ।
संघर्ष समितीका अध्यक्ष संदिप साहका अनुसार वर्गीकरणका लागी अन्तरिक चलखेल रहेकोले समयमा वर्गीकरण हुन नसकेको हुन सक्ने बताएका छन ।
वीरगञ्ज महानगर अन्तरगत रहेका धेरै जस्तो निजी विद्यालय राम्रो तामझाम साथ संचालनमा रहेका छन । तर गुस्तर शुन्यरहेको विद्यालय वर्गीकरणको पहिलो स्थानमा पर्न उनिहरु महानगरमा आवत जावतमा निकै व्यस्त रहेको बताउदै, कुरो नमिलेकोले ढिलाई भएको बताएका छन ।
वीरगञ्जको शैक्षिक माभिया विगतका दिनदेखी पर्सामा हावी हुदै गएका छन । यीनलाई तहलगाउन संघर्ष समती जुनसुकै कदमचान त्यार रहेको अध्यक्ष साहले बताएका छन ।
विद्यालय वर्गीकरणमा चलखेलभए संघर्ष समिती जुनसुकै कदमचालन त्यार छ :अध्यक्ष साह