रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण, ६० रुसी सैनिक मारिए

एजेन्सी । पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिक मारिएका छन्। रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका थिए।

रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर जनरल ओलेग मोइसेवको पखाईमा रहेका सैनिकमाथि मिसाइल खसेको बताइएको छ। मिसाइल अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकले जनाएको छ।

आफ्ना सैनिक मारिएको विवरण रुसले लुकाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ। आक्रमणबारे युक्रेनले पनि प्रतिक्रिया दिएको छैन।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.