यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकू लाई तालिम दिए

 

एजेन्सी। यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकू लाई तालिम दिएको बताइएको छ । लडाकू हुथी कमाण्डर अब्दुलमलिकअल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यमनी समाचार एजेन्सी साबाले २० हजार लडाकूको प्रशिक्षण पूरा भएको अवसरमा उत्तरपश्चिमी यमनी प्रान्त हज्जाहमा परेड पनि आयोजना गरिएको बताएको छ ।

यस क्रममा हुथी लडाकूले आफ्नो हतियार र सैन्यशक्ति प्रदर्शन गरेका थिए । हुथी इरानको नियन्त्रणमा रहेको यमनमा सक्रिय शिया आतंकवादी समूह हो ।

हुथी लडाकूले इरानबाट हतियार, तालिम र पैसा पाउँछन् । हुथी विद्रोहीले गाजापट्टीमा इजरायली आक्रमण नरोकेसम्म र मानवीय सहायता नपुगेसम्म आफ्नो आक्रमण नरोकिने दाबी गरेका छन् ।

हुथीले अमेरिकालाई यमनमा आक्रमण नगर्न चेतावनी पनि दिएको छ । हुथी नेता अब्दुलमलिक अलहुथीले अमेरिकाले यमनविरुद्ध कुनै प्रकारको आक्रामक कारबाही गरेमा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

उनले अमेरिकालाई भियतनाम युद्धमा जस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.