मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्ने सम्भावना

फाईल /फोटो

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वकै सबैभन्दा ठूलो निर्वाचनमा खसेको ६४ करोड २० लाख मत गणना गर्दा लगातार तेस्रो कार्यकालको कीर्तिमान बनाउने अड्कल काटिएको छ ।

एक्जिट पोलले मोदीको लागि ठूलो जीतको प्रक्षेपण गरेको छ र यदि त्यो प्रक्षेपण पुष्टि भए मोदीको अभियान सफल हुनेछ । लगानीकर्ताले पहिले नै मोदीको तेस्रो कार्यकालको सम्भावना देखेका छन्, यसले भारतको लागि बलियो आर्थिक वृद्धि र व्यापार समर्थक सुधारको थप भरोसा अपेक्षा राखेका छन् ।

संसदमा सम्भावित दुईतिहाइ बहुमतले संविधानमा ठूलो परिवर्तन गर्न सक्छ, प्रतिद्वन्द्वी र आलोचक भने यसबाट सतर्क देखिएका छन् । १९ अप्रिलमा सुरु भएको र १ जुनमा सम्पन्न भएको सात चरणको सात हप्ताको मतदानमा झन्डै १ अर्ब मानिस मतदानमा सहभागी थिए ।

लगभग ५० डिग्री सेल्सियसको गर्मीमा पनि ६६ प्रतिशतभन्दा बढी मतदाता मतदानमा सरिक थिए ।  विकास र परिवर्तनको बाचा गरेर सन् २०१४ मा पहिलो पटक सत्तामा आएका ७३ वर्षीय मोदी भारतको स्वतन्त्रताका नेता जवाहरलाल नेहरुपछि लगातार तीन कार्यकाल जित्ने दोस्रो प्रधानमन्त्री बन्न खोजिरहेका छन् ।

उनले आर्थिक वृद्धि, कल्याणकारी नीति, राष्ट्रिय गौरव, हिन्दू राष्ट्रवाद र मोदीको ग्यारेन्टी भनिने वाचा पूरा गर्न आफ्नो व्यक्तिगत प्रतिबद्धतासहित कार्यालयमा आफ्नो रेकर्ड प्रदर्शन गरेर निर्वाचन अभियान सुरु गरेका थिए ।

मोदीले पहिलो चरणमा कम मतदाताको सहभागिता पछि ट्याक परिवर्तन गरे र विपक्षीलाई आरोप लगाए । विशेषगरी दुई दर्जन समूहको गठबन्धनको नेतृत्व गर्ने कांग्रेस पार्टीले भारतको २० करोड मुस्लिमको पक्षमा रहेको आरोप लगाए ।

राहुल गान्धीको कांग्रेस पार्टीको नेतृत्वमा रहेको विपक्षी भारत गठबन्धनले हिन्दू बहुसंख्यक देशमा मुस्लिमको पक्षमा रहेको कुरालाई अस्वीकार गर्‍यो । विपक्षी गठबन्धनले बेरोजगारी, मुद्रास्फीति र ग्रामीण संकट मतदाताहरूको मुख्य चिन्ताको रूपमा रहेको सर्वेक्षणको साथै थप कल्याणकारी उपायको पनि वाचा गरेको छ ।

मतदान सकिएपछि शनिबार सार्वजनिक गरिएको टिभी एक्जिट पोलले संसदको ५४३ सदस्यीय तल्लो सदनमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने अनुमान गरेको छ । धेरै प्रमुख सर्वेक्षणले बीजेपी एक्लैले सन् २०१९ मा जितेको ३०३ भन्दा बढी जित्न सक्ने अनुमान गरेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.