माओवादी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

एजेन्सी । भारतको छत्तीसगढमा माओवादी आक्रमणमा परी तीन प्रहरीको मृत्यु भएको छ । जिल्लाको बिजापुर–सुक सीमामा अवस्थित टेकुलगुडममा रहेको सुरक्षा बलको क्याम्पमा माओवादीले आक्रमण गरेको थियो ।

आक्रमणमा परी तीन प्रहरी जवानको मृत्यु भएको बिबिसीले जनाएको छ । आक्रमणमा परी १४ प्रहरी घाइते भएका छन् ।

उक्त क्षेत्रमा प्रहरीले गत मंगलबार मात्रै नयाँ शिविर स्थापना गरेको थियो । माओवादीको खोजी अभियानमा निस्किएका प्रहरीमाथि शंकास्पद माओवादीले चौतर्फी हमला गरेका थिए ।

दोहोरो भिडन्तमा परी घाइते जवानलाई उपचारका लागि जगदलपुर रिफर गरिएको छ । तीमध्ये धेरै प्रहरीको अवस्था चिन्ताजनक रहेको छ ।

यसअघि तेकुलगुडम क्षेत्रमा सन् २०२१ मा माओवादीसँगको

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.