मलेसियामा दुई सैनिक हेलिकोप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

एजेन्सी । मलेसियामा दुई सैनिक हेलिकोप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ९०औँ सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँदा १० जनाको मृत्यु भएको हो ।

रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकोप्टर अर्को हेलिकोप्टरको पङ्खामा ठोक्किएपछि जमिनमा खसेका थिए । एउटा हेलिकोप्टरमा सातजना र अर्कोमा तीनजना सवार थिए ।

सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकोप्टरको कारण पत्ता लगाउन छानबिन बोर्ड गठन गर्ने जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.