एजेन्सी । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा तीन सुरक्षाकर्मीसहित सात जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए । राज्यमा विगत आठ महिनादेखि जारी हिंसा रोकिने संकेत नदेखिएको समाचारमा उल्लेख छ ।
गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी-जो समुदायबीच जातीय हिंसा भइरहेको छ । पछिल्लो आठ महिनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन्।