भारतीय प्रधानमन्त्री मोदी सँग न घरजग्गा न गाडी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावका लागि आफ्नो सम्पत्ति विवरण दर्ता गराएका छन् । विवरणमा उनले आफूसँग जमिन, घर र सवारीसाधन नभएको उल्लेख गरेका छन् ।

मोदीले उत्तर प्रदेशको वराणासी क्षेत्रबाट मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि पनि उनी त्यहीँबाट निर्वाचित भएका थिए।

उनले आफ्नो सम्पत्ति ३.०२ करोड भारतीय रुपैयाँ भएको उल्लेख गरेका छन्।त्यसमध्ये २.८५ करोड एसबिआई बैंकमा मुद्दती खातामा रहेको उनले उल्लेख गरेका छन्।

आफूसँग २ लाख ६७ हजार रुपैयाँको चारवटा सुनको औँठी रहेको पनि घोषणा गरेका छन्। आफ्नो नाममा कुनै रकम ऋण वा बाँकी नरहेको उनको भनाइ छ।

उनको जम्मा आम्दानी २०१८ मा ११.१४ लाख रहेकोमा २०२३ मा २३.५६ लाख पुगेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.