भारतीय चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्धा दर्ता

एजेन्सी। भारतीय चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्धा दर्ता भएको छ। बिन्द्राविरुद्ध आफ्नी श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको हो।

यद्यपि यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन। घटनासँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा पनि शेयर भइरहेका छन्। नोएडा प्रहरीले यी भिडियोहरूको पनि अनुसन्धान भइरहेको जनाएको छ।

श्रीमतीका भाइले दिएको उजुरीको आधारमा यो मुद्दा दर्ता गरिएको बीबीसीले उल्लेख गरेको छ। प्रहरीले पीडित महिलाको बयान लिइएको छ। विवेक बिन्द्राको बयान अहिलेसम्म रेकर्ड गरिएको छैन। एफआईआर दर्ता भएको धारा अन्तर्गत गिरफ्तारी आवश्यक भएमा पनि पक्राउ गरिनेछ।

विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए। श्रीमतीमाथि कुटपिटको यो घटना डिसेम्बर ७ तारिखको भएको बताइएको छ। श्रीमतीसँगको झगडाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ।

यी भिडियोबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बिन्द्राबाट यी आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। विवेक बिन्द्रा एक प्रसिद्ध युट्युबर र एक ठुलो व्यापारको सीईओ हुन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.