भारतमा रेल दुर्घटना हुँदा २ सय ३० भन्दा बढीको मृत्यु हजारौं घाइते

एजेन्सी । भारतको ओडिशा राज्यमा रेल दुर्घटना हुँदा २ सय ३० भन्दा बढीको मृत्यु भएको छ।

शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९ सय जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यमले जनाएको छ।

ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु(हावडा एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २ सय ३० भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९ सय जना घाइते भएका छन्।

सुपरफास्ट ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन्। उद्धार कार्य अहिले पनि जारी छ। रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.