भारतको राजधानी दिल्लीमा भीषण आगलागी, ४ सयभन्दा बढी निजी सवारीसाधन जलेर नष्ट

एजेन्सी । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४ सयभन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेसनको एउटा भण्डारमा आगलागी भएको हो । आगलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

आगलागीमा परी नष्ट भएका सवारीसाधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.