भारतको कश्मीरमा आतङ्कवादी आक्रमणमा कम्तीमा २७ जना हिन्दू नागरीकको मृत्यु

एजेन्सी । भारतको कश्मीरको एक पर्यटकीय क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा २७ जना हिन्दू नागरिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनामा संलग्न भएको आशंका गरिएका ३ देखि ४ जना सशस्त्र आक्रमणकारीहरूले पर्यटकहरूको भीडमाथि करिब १० मिनेटसम्म अन्धाधुन्ध गो ली प्रहार गरेका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले मानिसहरूको नाम र धर्म सोधी लक्ष्य बनाएको बताइएको छ।

प्रारम्भिक रिपोर्टहरू अनुसार आक्रमणकारीहरू मुस्लिम चरमपन्थी समूहसँग सम्बन्धित रहेको आशंका गरिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.