बंगलादेशको अन्तरिम सरकारले शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबद्ध नलगाउने

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने  सरकारको कुनै मनसाय नरहेको बताएका छन् ।

‘आवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौं,’ सखावत हुसेनले भनेका छन्, ‘निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ ।’

गृहमन्त्रीको यो भनाइ बंगलादेश पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो ।

आवामी लिगकी नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्र राष्ट्र भारत पुगेकी थिइन् । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

वाजेदले करिब १७ करोड जनसङ्ख्या रहेको बंगलादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूर्ण रहेको दावी गरेका थिए ।

‘हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्’, उनले एएफपीसँगको अन्तर्वार्तामा भनेका थिए, ‘अवामी लिगबिना बंगलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.