अनिल गुप्ता। बारा । बाराको सुवर्णपुर गाउँपालिका वडा- ४ मा रहेको श्री नेरा मा.बि को प्रधानाध्यापकको सरुवा हुदा बिद्यार्थी द्धारा बिरोध प्रदर्शन भएको छ।
आज प्र.अ रामएकबाल प्रसाद साह को सरुवा फिर्ताको माग गर्दै विद्यार्थीहरुले विभिन्न नारावाजी गर्दै तोड फोड तथा सडक अवरुद्ध गरेका छन।

श्री नेरा मा.बि हरैंया बारा अध्यापन गराइरहेका प्र.अ रामएकबाल प्रसाद साह को सरुवा भएको हुदा त्यस स्कुलमा अध्ययनरत विद्यार्थीहरु ले गाउँपालिका अध्यक्ष विरुद्ध बिभिन्न नारा बाजी गरी तोड फोड तथा सडक अवरुद्ध गरेका छन ।

झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले केही आस्रु ग्यास प्रहार सहित कुटपिट गर्दा दर्जनौ विद्यार्थी घाइते भएको प्रत्येक्षदर्शीले जनाएका छन।
घाईते विद्यार्थीहरुको बाराको कलैया स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ।
सुवर्णपुर गाउँ पालिका को गाउँ पालिका अध्यक्ष मनोमानी ढंगले सरुवा गरेको भन्दै चौतर्फी आलोचना भएको छ।
