पर्सामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञय केन्द्रको नयाँ अधुनिक भवनको शिलान्यास

वीरगञ्ज । पर्सामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञय केन्द्र पर्साको नयाँ अधुनिक भवन शिलान्यास सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत पर्ने भेटेरिनरी अस्पताल तथा सेवा पशु विज्ञय केन्द्रको नयाँ भवन गएको सोमबार (विवाह पञ्चमीका दिन) शिलान्यास सम्पनन भएको छ ।


प्रदेश सरकारको ६ करोड ८ लाख ७१ हजार ७ सय ६५ रुपैयाको लागतमा निर्माणकार्य २ वर्षमा सम्पन्न हुने छ ।
निर्माण हुने नयाँ भवनमा पशुपन्छीलाई तथा उपचारको लागी अधुनिकी करण सहीत थप जनशक्तिका साथ सेवा विस्तार हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञय केन्द्र पर्साका निमित कार्यालय प्रमुख रामकिशोर साहले बताउनु भयो ।


शिलान्यास कार्यक्रममा भुमि व्यवस्था कोष तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंह, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादव लगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.