नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई दक्षिण कोरियाको प्रस्थान

पर्सा । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई आइतबार मित्रराष्ट्र दक्षिण कोरियाको सिओल प्रस्थान गर्नुभएको छ । 

परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म संचालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ बिषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी नायव महानिरीक्षक राई त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

उनको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्ने जनाईएको छ। प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ । 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.