ट्याक्टर दुर्घटना  हुँदा १५ जनाको मृत्यु

सांकेतिक /फोटो

एजेन्सी। भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना  हुँदा १५ जनाको मृत्यु भएको छ ।

गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परी सात बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

जानकारीअनुसार अगाडिबाट आउँदै गरेको गाडीलाई बचाउन खोज्दाभक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो ।

अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.