जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४५ जनालाई पक्राउ

पर्सा । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ । मोरङ, विराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरीसहित १७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहित पक्राउ गरेको हो । डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-३ गोयलखेत बस्ने ३२ वर्षीय दीपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दीपकसहित २८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.