चितवनमा गुणस्तरहीन खाना खुवाउने होटललाई ३ लाख जरिवाना

चितवन । चितवनमा गुणस्तरहीन खाना खुवाउने एक होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले २०८३ असोज ९ गते जारी गरेको सूचनाअनुसार, भरतपुर महानगरपालिका वडा नं १० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि (Lords Business Complex Hotel Pvt. Ltd.) ले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी खाना उपलब्ध गराएको पाइएको हो।

​उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले उक्त होटलमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा सो होटलले गुणस्तरहीन खाने तेलको प्रयोग गरेको तथा तरकारीको ताजापनमा समेत ध्यान नदिएको फेला परेको थियो।

​यसरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) को कसुर गरेको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारीको निर्णयानुसार होटललाई सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, अनुगमनका क्रममा बरामद गरिएका गुणस्तरहीन खाद्य सामग्रीहरू नष्ट गर्ने निर्णय पनि कार्यालयले गरेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.