गुजरातको जुनागढमा शुक्रबार राति अतिक्रमण हटाउने क्रममा एक जनाको मृत्यु

एजेन्सी । गुजरातको जुनागढमा शुक्रबार राति अतिक्रमण हटाउने क्रममक हिंसा भड्किएको थियो । अतिक्रमण हटाउन यस अभियानको नेतृत्व गरिरहेका अधिकारीमाथि ढुंगामुढा गरिएको भारतीय संचार माध्यमले जनाएका छन ।

यो पूरै घटनामा एक जनाको मृत्यु भएको छ । त्यहाँ धेरै मानिस घाइते छन्। घटनामा केही प्रहरी पनि घाइते भएका छन् ।
जुनागढका रवितेजा वासमसेट्टीका अनुसार माजेवाडी गेट नजिकै बनेको दरगाहलाई कागजपत्र पेश गर्न नगरपालिकाले नोटिस पठाएको थियो । शुक्रबार यहाँ हजारौं मानिस भेला भएका थिए । अवरुद्ध गर्ने प्रयास गरियो र त्यसपछि राति ढुङ्गामुढा भएको थियो । एसपी रविले एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तर, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.