एजेन्सी । ओडिशाको बालासोर नजिकै भएको रेल दुर्घटनामा २ सय ८८ जनाको ज्यान गएको छ ।
दुर्घटना भएको २ सय १६ घण्टा बितिसक्दा पनि ९१ जनाको शव सनाखत हुन सकेको छैन । यस्तो अवस्थामा ती शवको डीएनए परीक्षणको कुरा भइरहेको भारतीय संचार माध्यमहरुले बताएका छन।
ओडिशा रेल दुर्घटना: ट्रिपल ट्रेन दुर्घटनामा २ सय ८८ को मृत्यु, ९० जना को अझै पहिचान हुन सकेन ।