एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ

पर्सा ।  झापा गाउँपालीका – १ मा एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।

उनका अनुसार झापा गाउँपालिका – १ स्थित सितापुरीमा भारतीय नम्बर प्लट भएका दुई वटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद गरेको थियो ।

नक्कली नोटसहित पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताउनु भयो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.