इजरायल आक्रमणमा ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, २६० जनाको शव निकालियो

एजेन्सी । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृतगर्दै बिबिसीले जनाएको छ ।

अहिले पनि सातदेखि आठ स्थानमा इजरायल भित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिरहेको बताइएको छ । यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकै पटक कम्तीमा २६० जनाको शव निकालेका छन् ।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले गरेको आक्रमणमा कम्तीमा २ सय ६० जनाको शव फेला परेको बताएका छन् ।

त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले खोजतलास गर्दा ठूलो संख्यामा शव फेला परेको र अझै धेरै शव सङ्कलन गर्न बाँकी रहेको जनाएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.