आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह

पर्सा ।अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मंगलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छिन् ।

‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु,’ उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भनेकी छिन् ।

हसिनाका पिता शेख मुजिबर रहमान बंगलादेशका संस्थापक नेता हुन् । १५ अगस्ट १९७५ मा उनको लगभग पूरै परिवारको सेनाले हत्या गरेको थियो । हसिना र उनकी बहिनी भने विदेशमा रहेका कारण उनीहरु हत्याबाट जोगिएका थिए ।

शेख मुजिबर रहमानको हत्यापछि उनकै मन्त्रिपरिषदका एक सदस्य खाँडकर मुस्ताक अहमदलाई राष्ट्रपति बनाइएको थियो ।


समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.