तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

साँकेतिक/ तस्विर

तनहुँ । तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पुर्‍याएका मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।

रानामगर आइतरात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए ।

त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनी ट्रकसँग मगर चढेको प्र.३ ०२–००९ प ८५३० नम्बरको मोटरसाईकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए ।

डिएसपी खाणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पुर्याइएका रानामगरलाई अस्पतालले मृत घोषणा गरेको थियो । ट्रकका चालकलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.