जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भए पछि राष्ट्रिय क्रिकेटर लामिछाने उच्च अदालत जाने

जिल्ला अदालत काठमाडौंले शुक्रबार सन्दीपलाई दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले गरेको फैसलाविरुद्ध सन्दीप उच्च खदालत जाने भएका हुन् ।

जिल्ला अदालतले सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकेको छ । जिल्ला अदालतबाट सजाय निर्धारण भएपछि र पूर्णपाठ तयार भएपछि सन्दीप उच्च अदालत जाने तयारी गरेका हुन् ।

अदालतले रिट जाहेरीकर्ता नाबालिग भने नरहेको फैसला गरेको छ । नाबालिग नरहेको हुँदा लामिछानेले थुनामा नबसी उच्च अदालतमा पुनरावेदन दिन सक्नेछन् ।

सन्दीपविरुद्ध गौशला २६ ले गत वर्षको भदौमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.