एनसेल प्रकरणबारे सत्यतथ्य छानबिन गर्न सम्वन्धित निकायलाई निर्देशन गरिसकेको छु: प्रधानमन्त्री

पर्सा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसँग सरकार कडा रूपमा प्रस्तुत भएको दाबी गरेका छन्।महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणका कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेसँग सरकार कडा रुपमा प्रस्तुत भएको र अहिले फेरि एनसेल प्रकरण आएको बताए।

एनसेल प्रकरणबारे सत्यतथ्य छानबिन गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको पनि उनले बताएका छन्। उनले भने,‘मैले सत्यतथ्य छानविन गर्न सम्वन्धित निकायलाई निर्देशन गरिसकेको छु। नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन, छानबिन गरी कारबाही गरिन्छ।’प्रचण्डले सोमबार साँझ वालुवाटारमा आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा पनि एलसेल खरिदबिक्री प्रक्रियामाथि छानबिन हुने दाबी गरेका थिए।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.