पर्सा । १९ औं एसियाली खेलकुद अन्तर्गत सोमबार नेपाली महिला कबड्डी टिमले पहिलो खेलमा बंगलादेशविरुद्ध ऐतिहासिक जित हात पार्दै पदक जित्ने लगभग पक्का भएको छ ।
जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले हराएर कास्य पदकको नजिक पुगेको छ । खेल जितेर नेपाली टोली उल्लास मनाउँदै थियो । त्यही बेला नेपाली टिमकी सदस्य सुनिता थापाले भने दु:खको खबर सुन्नुपर्यो ।
खेल सकिएपछि उनले आफ्नी हजुरआमा बितेको खबर पाइन् । ‘आज हामीले जित्यौँ । यसमा म खुशी र दु:खी दुवै भएँ । जितले पदक नजिक पुगेको खुशी छ भने घरमा मैले हजुरआमा गुमाउनुपर्यो’ उनले भनिन् ।