पाकिस्तान साफ यु–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश

पर्सा । पाकिस्तान साफ यु–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो ।

माल्दिभ्सले खेलको ३९औँ मिनेटमा सानन रसिद रसादको गोलबाट अग्रता लिए पनि खेल सकिन ६ मिनेटअघि पाकिस्तानका साहजहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए । सोही गोल पाकिस्तानलाई प्रतियोगिताको अन्तिम ४ मा पुर्याउन पर्याप्त रह्यो ।

समूह एमा पाकिस्तानको ४ अंक रह्यो । माल्दिभ्सको १ अंक छ । नेपाल अंकविहीन छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । अघिल्लो चरण प्रवेश गर्न माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ भने नेपाललाई अन्तिम खेलमा जित निकाल्नैपर्ने समीकरण तय भएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.