कोशी नदीमा पानीको बहाव बढेर सबै ढोका खोलियो

पर्सा । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ। गएराति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका ढोका खोल्न लगाएको उनले बताइन्। ‘हामी राति १२ बजे अनुगमनका लागि पुगेका थियौँ’, उनले भनिन्, ‘पानी खतराको तहभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।’ यससँगै सप्तकोशी आसपासका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

तर अहिलेसम्म क्षतिको विवरण नआएको, खतराको तह घट्दै जाने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्। पानीको सतह बिहान ९ बजेसम्ममा घट्दै जाने जानकारी पाएको उनले बताइन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.